रामनवमीमा सरकारी पूजा गरिने खाँडादेवीमा दर्शनार्थीको भीड
२०८१ चैत्र २४ आईतवार
- मन्दिरमा दर्शन गर्न काठमाडौं उपत्यकाका साथै तराई, रामेछापसँग जोडिएका काभ्रे, दोलखा, ओखलढुङ्गा, सिन्धुलीका साथै इण्डियाबाट समेत दर्शनार्थीहरु आउने गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
रामेछाप : रामेछापको ऐतिहासिक, धार्मिक तीर्थस्थलको रूपमा रहेको शक्तिपिठ खाँडादेवीको दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।
चैत महिना लागेपछि मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । चैत लागेपछि दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थीहरु मन्दिरमा दर्शन गर्न आउन लागेका छन् । मन्दिरमा दर्शन गर्न आउनेहरूको बिहानदेखि नै भीड लाग्ने गरेको छ ।
मन्दिरमा दर्शन गर्न काठमाडौं उपत्यकाका साथै तराई, रामेछापसँग जोडिएका काभ्रे, दोलखा, ओखलढुङ्गा, सिन्धुलीका साथै इण्डियाबाट समेत दर्शनार्थीहरु आउने गरेको अध्यक्ष तामाङले जानकारी दिए ।
खाँडादेवीलाई पूरानो ऐतिहासिक र धार्मिक महत्वको शक्ति पीठ मानिन्छ । यो मन्दिरमा विसं १२४० चढाएको चाँदीको जन्तर फेला परेको विकास कोषको भनाइ छ । तथापि त्यसको पुरातात्विक पुष्टि हुन बाँकी छ । विसं १५७३ मा मन्दिरमा चढाइएको घण्ट भने सुरक्षित छ । विसं १५१५ माघ १५ गते खाँडादेवीको शिला फेला परेको भन्ने भनाइ रहँदै आएको छ ।
शिवपुराणको हिमवत् खण्डमा रोशमती (रोशी) र सुनकोशी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई वध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिञ्चोकमा अन्तध्र्यान भएको उल्लेख छ । त्यसैले पनि यो मन्दिरलाई पौराणिक मन्दिर मानिन्छ ।
नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवी, चिसापानी, तिल्केस्थान लगायतका स्थानमा सहायक गढीका रूपमा किल्ला बनाएका र अंग्रेजसँगका लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति पाइन्छ ।
सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकारा गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई काठमाडौं लैजान खोजेकामा सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा पु¥याएर बिसाउँदा दुइपटक अलप भएपछि पुनः तेस्रो पटक भक्तपुरको खोपीढुंगामा पु¥याएर बिसाउँदा शिला अलप भएर खाँडादेवीमा उत्पत्ति भएको भनाइ छ ।
शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवीदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनू भनी आदेश दिई पूजा चलाएको भनाइ छ । वडादशैँको नवमी र चैते दशैँको रामनवमीमा मन्दिरमा सरकारी पूजा हुने गर्दछ ।
अघिपछि भन्दा दुईवटा दशैँको बेलामा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या निक्कै हुने तामाङले बताए । मन्दिरमा भाकल गरेकाहरू बलि र पञ्चबलि लिएर आउने गर्दछन् । साउन महिना बाहेक ११ महिना यो मन्दिरमा बलि हुने गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।