बैशाख २१ गते न्यूयोर्कमा नेपाली म्यूजिक एण्ड फिल्म अवार्ड

२०८१ फागुन ०६ मंगलवार
सारांश
  • मंगलबार एक कार्यक्रमकाबीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए ।

काठमाडौं: पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ । 


मंगलबार एक कार्यक्रमकाबीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए । 


उनले नेपाली चलचित्र अवार्डहरु विभिन्न कारणले बारम्बार विवादमा आउने गरेको बताए । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा माध्यमको रुपमा सो अवार्ड प्रस्तुत हुने उनले विश्वास व्यक्त गरे । 


उनले भने,‘खासै नेपाली चलचित्र अवार्डहरु त्यत्तिको पपुलर चाँही भएको छैन् । म्यानेजमेन्टदेखि धेरै कुरामा त्रुटि होला । सबैलाई खुसी पार्न सकिँदैन् अवार्डमा । विभिन्न कारणले गर्दा नै नेपाली चलचित्र अवार्डहरु बारम्बार विवादमा आउने गर्छ । राम्रो उद्देश्य कार्यक्रमले लिएको छ । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा इभेन्टको रुपमा अवार्ड प्रस्तुत हुन्छ भन्ने मलाई लागेको छ ।’ साथै उनले कार्यक्रमको सञ्चालकको रुपमा आफू रहने पनि बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार