- उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए ।
काठमाडौँ, २७ माघ : सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा कथासङ्ग्रह विमोचन गरे । कथा, गीत, गजल लेखेता पनि सङ्ग्रहित गरेर पहिलोपटक पुस्तकको स्वरुपमा ल्याएको लेखक समिरले बताए ।
उनले भने, “मैले विभिन्न समयमा लेखेको कथालाई सङ्ग्रहित गरेर पुस्तक बनाएको छु । यो पहिलो प्रयास भएकाले केही कमजोरी हुनसक्छ, तर मैले इमान्दारितापूर्वक यसलाई सृजना गरेको छु । यो मेरा लागि सदैव महत्त्वपूर्ण रहने छ ।”
उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए । उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले पहिलो प्रयास स्वागतयोग्य रहेको बताए ।
“लेखकको कल्पना शक्तिले धेरै कुरा जोडेको छ । पहिलो कथासङ्ग्रह भएकाले यहाँ भएका केही कमजोरीलाई नजरअन्दाज गर्न सकिन्छ । यसमा रहेका कथामा विविधता रहेका छन्”, साहित्यकार डा त्रिपाठीले भने ।
सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा विष्टले सञ्चारकर्मसँगै लेखकका रूपमा सुरु भएको यात्रालाई सन्तुलन मिलाएर अगाडि बढ्न शुभकामना दिए । उनले भने, “उहाँ राम्रो सञ्चारकर्मी भएकाले लेखकका रूपमा परिचय थपिँदै गर्दा दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउनुहुन्छ भन्नेमा विश्वस्त छु । उहाँको कथामा विविधता छ, रोचकता छ । सामाजिक विकृतिलाई व्यङ्ग्य गर्नुका साथै यसमा सचेत पनि गराइएको छ ।”
यस्तै, सार्वजनिक प्रसारण सेवा नेपालका सदस्य वलले कथाकार समिरलाई कुमार नगरकोटी शैलीको लेखकका रूपमा बुझेको उल्लेख गर्दै सानो कथानकमा कथा बुन्न सक्ने कथाकार भन्दै प्रशंसा गरे । आयोजित कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।