- गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, चलचित्रको टिम काठमाडौं केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।
काठमाडौं :निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।
गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, चलचित्रको टिम काठमाडौं केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।
‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने,‘हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा–अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।’
यसबीच, पूर्वघोषित मितिमा चलचित्र प्रदर्शन नहुने भन्ने हल्लाको खण्डन गर्दै उनले भने, ‘गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत्र २९ गते नै चलचित्र रिलिज गर्नेछौं ।’
‘कर्मा’मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकार मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेका छन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।
चलचित्रको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन भने सिनेमामा मुख्य कलाकार बाहेक अन्य कलाकारहरूको को–को छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।
एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्र ‘कर्मा’लाई बसन्त लम्सालले निर्माण गरिरहेका छन् । यो सिनेमाको छायांकन सुरु हुनु अगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ ।
सिनेमाको छायांकन संजय लामाले गरिरहेका छन् । निर्देशक चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय फिचर सिनेमा हो । उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैले ‘कर्मा’बाट पनि ठूलो अपेक्षा गरिएको छ ।
चलचित्र ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’