सुनिल बिकको निर्देशनमा ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक
२०८१ माघ १३ गते आईतवार
- सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन् ।
काठमाडौं: सुनिल बिकको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘सल्ले वनको डल्ले च्याउ’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो रिलिज गरिएको हो ।
गीतमा पछिल्लो समय लोक दोहोरीका चर्चित गायक तथा संगीतकार खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा प्रभात पाल ठकुरी, उषा उप्रेती, बद्री प्रसाद तिवारी, कमलमणी नेपाल, जानकी परियार लगायतका कलाकारको अभिनय रहेको छ ।
सार्वजनिक गीतको कथा पनि निर्देशक सुनिल बिकले तयार गरेका हुन् । गीतको भाव अनुसार नै गीतको कथा बुनिएको निर्देशक बिकले गीत रिलिज कार्यक्रममा बताए ।
यो भिडियोको पोष्ट प्रोडक्सनको काम आगामी चैत्र २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’ निर्माण कम्पनि गलबन्दी प्रोडक्सनमा गरिएको हो । निर्देशक सुनिल वसन्तका मुख्य सहायक निर्देशक समेत हुन् ।
ब्ल्याक बी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, रोशन विश्वकर्माको कोरियोग्राफी, राजेन्द्र मोक्तानको रंग सयोजन, प्रविन भट्टको सम्पादन रहेको छ ।
शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियो सल्ले वनको डल्ले च्याउ निर्माणमा सहयोग गरेको भन्दै निर्देशक सुनिल बिकले विशाल सुनार, कमल सुनार र दिन श्रीरिषप्रति आभार प्रकट गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।