- देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।
काठमाडौं: गत कार्तिक २४ गते राति काठमाडौंको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो ।
पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो ।
कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् ।
यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ ।
कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’विदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन् । पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।
हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ’पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।
यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो (इ२ ब्चभलब, क्ष्लमष्नय)’ बाट वल्र्ड टुरको प्रारम्भ गर्दैछ । लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई–अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।
३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक–पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ । प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए, पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन् ।
रिलिजको सम्मुखमा रहेको नयाँ गीत ’हुनेछः द सङ्ग अफ होप’ ले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।