‘देव बाणी’को प्रचारमा आएका कुन्दन भारद्धाज भन्छन् : ‘नेपाल एकदमै मनपर्छ’
२०८१ पुष ८ गते सोमवार
- पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्धाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ: बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आएका अभिनेता कुन्दन भारद्धाजलाई समेत निर्माण यूनिटले प्रचारमा व्यस्त बनाएको हो ।
पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्धाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दैछु ।’ कुराकानीको क्रममा अभिनेता भारद्धाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताएका छन् ।
अभिनेता भारद्धाजले फिल्म प्रचारको अलवा काठमाडौँ र आसपासका ठाउँमा भ्रमण गर्ने समय समेत निकाल्ने बताएका छन् । फिल्म ‘देव बाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने अपेक्षा राखे । अभिनेत्री अनुजा लेप्चाले फिल्म देव बाणीु नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव नभएको बताइन् । फिल्ममा नेपालका अलवा भारतीय कलाकार र प्राविधिकको कामका साथै एक्सन र रोमान्सले दर्शकको मन जित्ने अभिनेत्री लेप्चाको आशा छ ।
केही दिन अघि फिल्म सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरवमा पूजा समेत गरेका थिए । काल भैरवलाई कालो धजा चढाइएको थियो भने १०८ वटा दीप प्रज्वलन गरिएको थियो । फिल्ममा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यू गराइएको छ । फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहेको छ ।
एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ । फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्। फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।
मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी फिल्ममा परिचित अभिनेता हुन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’