चैत्र २९ गते नेपाली नयाँ वर्षमा कृषाको ’पिताम्बर’ रिलिज घोषणा
२०८१ पुष ५ गते शुक्रवार
- केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।
काठमाडौं: कृषा चौलागाईद्धारा निर्देशित सिनेमा ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिएको छ ।
शुक्रबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा ‘पिताम्बर’ प्रदर्शन गर्ने घोषणा गरेको हो ।
‘पिताम्बर’को विभिन्न सेड्युलमा निर्देशक चौलागाईले ७० दिनमा छायांकन प्याकअप गरेकी थिइन् । ‘पिताम्बर’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक कृषाले बताउँदै आएकी छन् ।
‘पिताम्बर’को सार्वजनिक पोस्टर आकर्षक देखिएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई फिचर्ड छन् ।
रगताम्मे प्रदीपले प्रमुख स्थान पाएको पोस्टरमा आक्रामक शैलीमा बन्दुक चलाइरहेका सौगात देखिन्छन् । दयाहाङको अनुहारमा भने रिस देखिन्छ । शुक्रबार सार्वजनिक पोस्टरले यो सिनेमा एक्सनप्रधान रहेको प्रष्ट भएको छ । पोस्टरले दर्शकलाई आकर्षित गर्नसक्ने देखिएको छ ।
‘पिताम्बर’स्टार कलाकारहरूको बलियो लाइनअप भएको सिनेमा हो । सिनेमामा सौगात, प्रदीप र दयाहाङसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । ‘पिताम्बर’को पहिलो चरणको छायाँकन गतवर्षको चैत्रमा नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिचेका छन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन रहेको सिनेमालाई निर्देशक कृषाले लार्ज स्केल बनाएकी छन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।
यसअघि कृषाले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । यो सिनेमाले दर्शक तथा समीक्षकबाट प्रसंशा पाएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’