देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात छ- मन्त्री चौधरी
२०८३ जेठ १३ बुधवार
- कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हाल देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी छन् ।
काठमाण्डौ, १३ जेठ । कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हाल देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिंदै मन्त्री चौधरीले चालु आर्थिक वर्षमा पाँच लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको जानकारी दिदै हाल देशमा एक लाख ४० हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिएकी हुन् ।
त्यस्तै उनले चालु आर्थिक बर्षमा चार लाख ६३ हजार १०७ मेट्रिक टन मल किसानलाई विक्री गरिसकिएको जानकारी गराएकी छिन् । उनले सरकारले लागत साझेदारीका आधारमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको बताउदै चालु आर्थिक वर्षको असारसम्म कूल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइने समेत मन्त्री चौधरीले जानकारी गराएकी छिन् । उनले यो अहिलेसम्मकै बढी परिमाण समेत हुने दावी गरिन् । उनले मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या, मलको मूल्यमा उच्च वृद्धि भएको समेत मन्त्री चौधरीले बताएकी छिन् । यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको पनि मन्त्री चौधरीले जानकारी दिइन् ।
उनले अझै एक लाख ८७ हजार मेट्रिक टन रासायनिक मल आउन नसकेको र त्यसलाई ल्याउन पहल गरिरहेको बताउदै यस वर्षको धान रोपाइको समयमा मलको अभाव नहोस भनेर मन्त्रालयको विशेष ध्यानाकर्णष भएको समेत बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
-
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
-
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार
-
नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने
-
टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।