अलैँची निर्यात ३३ प्रतिशतले बढ्यो

२०८२ कार्त्तिक ११ मङ्गलवार
सारांश
  • चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैँचीको निर्यात ३३ प्रतिशतले बढेको छ ।

काठमाडौँ, ११ कार्त्तिक । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म अलैँचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।

 

विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।

 

गत आव २०८१/८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैँची निर्यात भएको थियो । नेपाल बाट निर्यात हुने मुख्य बस्तु मध्ये अलैंची पनि पर्दछ ।

विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार