जलवायु अनुकुलन कार्यक्रममार्फत कृषि क्षेत्रका चुनौतीहरुको सामना गर्नुपर्छ’
२०८२ जेठ २५ आईतवार
- सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताए ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताए ।
नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।
उनले नेपालवाट उत्पादन हुने कृषि उत्पादनहरुको विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाइन क्षेत्रलगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे ।
भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्ल्ेख गर्दे जलवायु अनुकुलनका कार्यक्रमहरुमार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताए ।
नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिए ।
भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु , मन्त्रालयका सहसचिव हरिवहादुर केसीलगायतको सहभागिता थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।