विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
२०८२ पुष २८ गते सोमवार
- समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
काठमाडौं: संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ ।
समितिले बैठकमा समितिका माननीय सदस्यहरू तथा सम्बन्धित सबै सरोकारवालाहरूको उपस्थितिका लागि अनुरोध गरेको छ ।
विधायन व्यवस्थापन समितिले संसदमा प्रस्तुत विधेयकहरूलाई थप परिमार्जन र प्रभावकारी बनाउन दफावार छलफल गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’