हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण: सेभेन समिट पुरा
२०८२ पुष २५ गते शुक्रवार
- मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।
काठमाडौं : पूर्वब्रिटिश गोर्खा तथा दुवै खुटाको घुँडा भन्दा माथीसम्म गुमाएका हरि बहादुर बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।
यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।
मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।
अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभियान सम्पन्न गरेको थियो ।
यो सफलतासँगै मगर दुवै खुट्टाको घुँडा भन्दा माथी अपाङ्गता भएका व्यक्ति मध्ये सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो पर्वतारोही बनेका छन् । विश्वभर पाँच सयभन्दा कम आरोहीले मात्र हासिल गरेको यो उपलब्धि पर्वतारोहणको सबैभन्दा प्रतिष्ठित मानिन्छ ।
सफल आरोहणपछि मगरले यो अभियान केवल शिखर चुम्ने विषय मात्र नभएको बताए।
‘सपना, समर्पण र निरन्तर प्रयासले असम्भव पनि सम्भव हुन्छ,’ भन्दै उनले टोली, परिवार र समर्थकहरूलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिए।
रोल्पामा जन्मिएका मगर २०१० मा अफगानिस्तानमा भएको आइडी विस्फोटबाट घाइते भएका थिए।
सन् २०२३ मा सगरमाथा आरोहण गर्ने पहिलो दुई घुँडामाथि अपाङ्गता भएका व्यक्ति बनेपछि उनले पर्वतारोहणलाई समावेशीकरण र प्रेरणाको माध्यम बनाउँदै आएका छन्।
हिमालयदेखि अन्टार्कटिकासम्मको उनको यात्रा आज दृढता, साहस र समावेशी पर्वतारोहणको प्रेरणादायी कथा बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’