नेपाल पर्यटन बोर्डले महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गरेको छ : मन्त्री सिन्हा
२०८२ पुष १६ बुधवार
- विभिन्न सरोकारवालालाई समन्वय गर्दै अघि बढाउन पर्यटन बोर्डले प्रभावकारी भूमिका खेलेको उल्लेख गरे ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् ।
नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले होटल व्यवसायी, यात्रा तथा अन्य पर्यटन व्यवसायी, एयरलाइन्स र विभिन्न सरोकारवालालाई समन्वय गर्दै अघि बढाउन पर्यटन बोर्डले प्रभावकारी भूमिका खेलेको उल्लेख गरे ।
उनले भने, ‘सिमित बजेटकाबीच पनि नेपाल पर्यटन बोर्डले होटेल व्यवसायी, तथा यात्रा एवम् अन्य पर्यटन व्यवसायीहरु, एयरलाइन्सहरु, विविध सरोकारवालाहरुलाई एकै राष्ट्रिय उदेश्य अन्तरगत सफलतापूर्वक एकीकृत गर्नमा सफल भएको छ ।’
साथै, उनले नेपालका अनुपम प्राकृतिक दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र विश्वविख्यात आतिथ्यतालाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने उद्देश्यमा निजी क्षेत्रको गतिशीलता र सरकारी व्यवस्थापनबीचको समन्वयमा आधारित साझेदारी नै नेपाल पर्यटन बोर्डको शक्ति, विश्वसनीयता र प्रासंगिकताको आधार भएको बताए ।
मन्त्री सिन्हाले नेपाल पर्यटन बोर्डले रणनीतिक संस्थाका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै गन्तव्य प्रवद्र्धनका पहलहरू कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय पहुँच विस्तारको नेतृत्व गर्ने तथा महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गर्ने कार्यमा बोर्डको योगदान अतुलनीय रहेको बताए ।
उनले भने, ‘नेपालका अनुपम प्राकृतिक दृश्य, समृद्ध सांस्कृतिक सम्पदा र विश्वविख्यात अति आतिथ्यतालाई विश्वसामु प्रर्दशन गर्ने उदेश्यमा निजी क्षेत्रको गतिशिलता र सरकारी व्यवस्थापनको सम्योजनमा आधारित यही साझेदारी नै नेपाल पर्यटन बोर्डको शक्ति, विश्वसनीयतार प्रासंगिताको आधार रहेको मेरो मान्यता छ । गन्तव्य प्रर्वद्धनका पहलहरु कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय पहुँच विस्तारको नेतृत्व गर्ने र महादेशपारिका यात्रुहरुको मनमा नेपालको छवि निर्माण गर्ने कार्यमा नेपाल पर्यटन बोर्डको भूमिका अतुलनिय रहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।