
- असोज १७ र १८ गते परेको अविरल वर्षापछि मानव निर्मित इन्द्रसरोवर ताल अर्थात् कुलेखानीको दृश्य निकै मनमोहक बनेको छ ।
मकवानपुर, २१ असोज । असोज १७ र १८ गते परेको अविरल वर्षापछि मानव निर्मित इन्द्रसरोवर ताल अर्थात् कुलेखानीको दृश्य निकै मनमोहक बनेको छ । लगातार वर्षासँगै जलाशयमा पानीको सतह उल्लेख्य रूपमा बढेपछि वरिपरिका हरियाली पहाड र पानीमा परावर्तित दृश्यले तालको सुन्दरता झन् आकर्षक बनेको छ ।
स्थानीय बासिन्दा र पर्यटकहरू बिहानको घामसँगै कुलेखानी पुगेका देखिन्छन् । पहाडको फेदीमा फैलिएको निलो पानी, वरिपरिका बोटबिरुवाको हरियाली र शान्त वातावरणले ताल क्षेत्रको सौन्दर्यमा थप रंग भरेको छ ।
वर्षापछि पानीको सतह बढ्दा कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिँदै गएको छ। स्थानीयका अनुसार वर्षाको पानी स्थिर भएपछि तालको प्राकृतिक रूप झनै सुन्दर देखिएको छ । फोटो खिच्ने, बोटिङ गर्ने र घुमफिर गर्नेहरूका लागि कुलेखानी अहिले आकर्षणको केन्द्र बनेको छ ।
पर्यटक व्यवसायीहरूले पनि हालको मौसम कुलेखानी भ्रमणका लागि उपयुक्त भएको बताएका छन् । उनीहरूको भनाइमा, वर्षापछि निखरिएको हावा र हरियालीले कुलेखानीको प्राकृतिक सौन्दर्यमा नयाँ चमक थपेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपतिले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
-
गाजा युद्धविराम योजना अनुमोदन, सोमबारसम्म बन्धक रिहा हुने
-
शिक्षामन्त्री पुनले सिटीइभिटीको पुर्नसंरचना गर्न कार्यदल बनाउनेसहित गरे पाँच निर्णय
-
आज नोबेल शान्ति पुरस्कारको घोषणा हुदै, ट्रम्पले पाउने सम्भावना कति छ ?
-
एमालेको सचिवालय बैठक आज बस्दै
धेरै पढिएको
विशेष
नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा
यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।