पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर विजयी भएका छन्

काठमाडौँ: नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् ।

 

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए ।

 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेलले ३४५ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा मिङमा ग्याबो शेर्पाले ३५९ मत तथा द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३५९ मत प्राप्त गरेर विजयी भएका छन् ।

 

त्यस्तै महासचिवमा राजेन्द्र लामा ३१८ मत प्राप्त गरेर विजयी भएका छन् भने सचिवमा चन्दन थापा ३५८ मत र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् । मत बराबर भएपछि दुवैले आधा आधा कार्यकाल काम गर्ने सहमति भएको बताइएको छ ।

 

त्यसैगरी सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार