पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पाको प्यानल घोषणा
२०८२ श्रावण ३० शुक्रवार
- आगामी भाद्र ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनको लागि शुक्रबार ‘पर्वतीय पर्यटनको विकास, सरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’भन्ने नारासहित कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हुन् ।
काठमाडौं :नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ ।
आगामी भाद्र ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने निर्वाचनको लागि शुक्रबार ‘पर्वतीय पर्यटनको विकास, सरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’भन्ने नारासहित कार्ययोजना सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हुन् ।
संघको विधान र परिधिभित्र रही सदस्यहरूको हकहित संरक्षणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता सहित शेर्पा समूहले उम्मेद्वारी घोषणा गरेको हो ।
समुहले सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवी उकास्ने, आपतकालीन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, नेपालमै माउन्टेन दुरिज्म युनिभर्सिटी स्थापना गर्ने, पर्वतीय पर्यटनमा शिक्षित युवाको प्रवेश गराउने, आरोही र हिमालप्रेमीको सुविधा, पूर्वाधार सुधार र सीप विकासलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाएको छ ।
साथै अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने जस्ता प्रमुख एजेन्डा समूहले अघि सारेको छ ।
फर गेल्जे शेर्पा समूहका अनुसार, विश्वमै नभएको हिमाली सम्पदा नेपालको प्रमुख पहिचान हो र यसको सरक्षण तथा प्रवद्र्धन संघको प्राथमिक कार्य हुनेछ ।
अध्यक्ष शेर्पाको नेतृत्वमा गठन गरिएको टिममा बरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा डिमा नुर्बु शेर्पा रहेका छन् ।
त्यसैगरी सदस्यमा केदार न्यौपाने, चुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे रहेका छन ।
शेर्पा समुहले पर्वतीय पर्यटनसँग सम्बन्धित अध्ययनका लागि नेपालमै माउन्टेन टुरिज्म युनिभर्सिटी सञ्चालन गर्नसके हजारौ नेपाली युवाले देशमै गुणस्तरीय शिक्षा र तालिम पाउने बताएको छ ।
समूहको योजनाअनुसार पोखरास्थित संग्राहलयलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गरिने छ भने, ठोरीस्थित जग्गामा अन्तर्राष्ट्रियस्तरको बोटानिकल गार्डेन निर्माण गरिनेछ, जसबाट पोखरामा पर्यटकको बसाइ अवधि कम्तीमा एक दिन बढ्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।