मनास्लु पदमार्गको ५३ स्थानमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’
२०८२ श्रावण ०४ आईतवार
- पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ ।
गोरखा, ४ साउनः उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई पदमार्गको पहिचान र पदयात्रामा सहजताका लागि ठाउँठाउँमा ‘मार्किङ पोल’ तथा ‘साइनपोष्ट’ थप गरिएको छ ।
मनास्लु सरंक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) ले आर्थिक वर्ष २०८१/८२ मा पदमार्गको विभिन्न ५३ ठाउँमा मार्किङ पोल र साइनपोष्ट थप गरेको आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए। उनका अनुसार कार्यालयले पदमार्गको ३५ स्थानमा पर्यटकलाई पदमार्गको जानकारी दिन साइनपोष्ट थप गरेको छ भने पदमार्गको १६ ठाउँमा मार्किङ पोल थप गरिएको हो ।
पदमार्गअन्तर्गत नुब्री भ्यालीतर्फ लार्के बजारदेखि भिमथाङसम्म विभिन्न ठाउँमा मार्किङ पोल थपिएको छ । लार्के बजारदेखि भीमथाङसम्म अब कूल १२४ मार्किङ पोल पुगेका छन् । यसअघि १०८ मार्किङ पोल मात्र रहेको थियो ।
त्यस्तै, पदमार्गमा पर्ने चुमभ्यालीतर्फ (गणेश हिमालतर्फ जाने पदमार्गसहित १९, नुब्री भ्यालीतर्फ १४ र सिर्दीबासमा दुई स्थानमा साइनपोष्ट थप गरिएको उनले जानकारी दिए।
प्रमुख शेरचनले भने, “साइनपोष्टबाट मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुग्ने पर्यटकलाई आफूकहाँ पुगेँ, आफू पुगेको ठाउँको उचाइ, त्यसपछिको गन्तव्यमा पुग्न लाग्ने सम्भावित समय र त्यहाँको जङ्गली जनावरका बारेमा पनि थाहा पाउन सजिलो हुन्छ ।”
त्यस्तै, पदमार्गमा राखिएको मार्किङ पोलबाट हिउँ परेका बेला पदमार्ग हिउँले पुरिएर हराउने हुँदा पर्यटकलाई पदमार्ग पहिचानका लागि सहज हुने प्रमुख शेरचनले बताए। चालु आव २०८२/८३ मा विभिन्न २५ स्थानमा मार्किङ पोल र ३५ स्थानमा साइनपोष्ट राख्ने योजना रहेको एमक्यापले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।