स्पेनमा नेपालको पर्यटन प्रबद्र्धन, राष्ट्रसंघसँग सहयोगको माग

२०८१ चैत्र १७ आईतवार
सारांश
  • नेपालका पर्यटकीय गन्तव्यको प्रबद्र्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो ।

काठमाडौं : नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । 


नेपालका पर्यटकीय गन्तव्यको प्रबद्र्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीहरुसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रविधि, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो । 


उनले थपे, ‘नेपाल पर्यटन रणनीतिक योजना (२०१६–२०२५) र आईटीबी बर्लिन मन्त्रीस्तरीय बैठक २०२५ मा नेपालको सहभागितालाई स्मरण गर्दै नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इनोभेसन, र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको छ । यसका लागि हामी यूएन टुरिजम्लाई सहयोगका लागि आग्रह गर्दछौं ।’


द्विपक्षीय प्रतिनिधिमण्डलको बैठकमा राष्ट्रसंघ पर्यटनका एसिया–प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको पहिलो पटक संयुक्त राष्ट्रसंघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहो¥याएका छन् ।


पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपाल अब राष्ट्रसंघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवद्र्धन, र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसंघ पर्यटनको सहयोग आवश्यक रहेको बताए ।


नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको–टुरिजम, र ग्रामीण पर्यटनका सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पु¥याउन संयुक्त परियोजनाहरू आवश्यक रहेको बताए । 


संयुक्त राष्ट्रसंघ पर्यटनका निर्देशक हुआङले नेपाललाई आगामी राष्ट्रसंघीय पर्यटन कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेश गरेमा थप सहयोग गर्न तयार रहेको बताए । 


यस बैठकले नेपाल–राष्ट्रसंघी पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।  यसअघि नेपाल पर्यटन बोर्डले स्पेनको म्याड्रिडमा स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवद्र्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए ।


कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल– स्पेनबीचको लामो समयदेखि रहिआएको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकहरूको बढ्दो संख्याबारे चर्चा गरेका थिए ।

 
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको प्रकृति, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, र आतिथ्य सेवा सम्बन्धी प्रस्तुत गर्नुका साथै स्पेनी पर्यटकहरूका लागि नेपाल प्रमुख गन्तव्य हुनसक्ने विषयमा जानकारी दिएका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार