विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना
२०८१ फागुन २१ गते बुधवार
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन् ।
काठमाडौं: नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन् ।
नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीहरूलाई यस मञ्चमा सहभागी गराउनु भएको छ, जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग र प्रिमियम आतिथ्य सेवाहरूको समावेश छ ।
मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आईटीबी बर्लिन–२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रबद्र्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए ।
नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्यहरू प्रस्तुत गरिने छन् ।
समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो ।
आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रबद्र्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले विश्वास व्यक्त गरे ।
यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवद्र्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ ।
यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरुसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ ।
सन् १९९६ बाट सुरू भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो र यस वर्ष १८० भन्दा बढी देशबाट १०,००० भन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ । नेपालले यस मञ्चलाई आफ्नो हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवहरूलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’