हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ
२०८१ फागुन १६ गते शुक्रवार
- चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएको बताए ।
गोरखा, १६ फागुनः बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ । आज बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका छन् ।
चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएको बताए । “साम्दोमा रहेका होटल जम्मालमा १४ जना पर्यटकले आश्रय लिएर बसिरहेका छन्”, होटलका सञ्चालक निमादोर्जे लामाले भने, “होटल याक र धर्मशालामा गरी थप नौ जना पर्यटक लार्केपासतर्फ जान नसकी रोकिएका हुन् ।” पर्यटक जोखिम मोलेर पदयात्रा गर्न नचाहने भएकाले होटलमा आश्रय लिएर बसेका उनले बताए ।
अहिले त्यस क्षेत्रमा जमिनबाट करिब १० इन्चजति बाक्लो हिउँ जमेको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए । बाक्लो हिमपातका कारण अत्यधिक चिसो बढेको र जनजीवन प्रभावित भएको उनको भनाई छ । तत्कालै हिमपात रोकिने कुनै अवस्था नरहेकाले पर्यटक अझै केही दिन साम्दोमा क्षेत्रमा रोकिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।
विशेषगरी बालबालिका र वृद्धवृद्धा चिसोका कारण घरबाहिर निस्कन नसक्नुका साथै दैनिक काम गर्न र स्थानीवासीलाई घाँसदाउरा गर्न कठिनाइ भएको लामाले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’