१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

२०८१ माघ १४ गते सोमवार
सारांश
  • आफ्नो स्वामित्वमा रहेको डेविज फल्स संचालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफंले लगाएको ताला आज बिहान खोलिएको हो ।

पोखरा: पोखराको गहना पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ ।  


आफ्नो स्वामित्वमा रहेको डेविज फल्स संचालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफंले लगाएको ताला आज बिहान खोलिएको हो ।  


आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले उक्त पातले छाँगो महानगरपालिकाले आफैं संचालन गर्ने सहमति भएपछि आज बिहानै महानगरपालिकाका प्रवक्ता एवम पोखरा २५ का वडाअध्यक्ष मोतिराज तिमिल्सिना र पोखरा ५ का वडाअध्यक्ष बिष्णुप्रसाद बराल त्यहाँ लागेको ताला खोल्न पुगेका थिए ।  तर केही स्थानीय बासिन्दा, छोरेपाटन उच्च माविका अभिभावक एंव विद्यार्थीहरुले विरोध गरेका थिए । 


छोरेपाटन उच्च माविका पूर्वविद्यार्थी एंव नेपाली कांग्रेसका स्थानीय नेता देवराज आचार्यले महानगर आफैंले संचालन गर्ने शर्तमा आफूहरु पातले छाँगोमा लगाइएको ताला खोल्न तयार भएको जानकारी दिंदै अन्यथा आफूहरु फेरी आन्दोलनमा उत्रने चेतावनी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार