नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह
२०८१ माघ ४ गते शुक्रवार
- शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।
काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।
मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे ।
उनले भने,‘नेपाल र ईयूबीच करीब पाँच दशकअघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं ।’
उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे ।
राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिए ।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।