- अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा हुन लागेको उक्त महोत्सव नेपालमा पहिलो पटक हुन लागेको हो ।
काठमाडौँ: पोखरामा आज मंगलबार ९ गते देखि अन्तराष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को सहकार्यमा फेवातालको सिरान पामेमा पुष ९ गतेदेखि १७ गतेसम्म उक्त महोत्सव हुने भएको हो ।
महोत्सवमा २५ ओटा बेलुन उडाईने आयोजक नेपाल बेलुन प्रालिले जनाएको छ। उक्त महोत्सवमा संसारका १७ देश स्पेन, फ्रान्स, लिथुआनिया, मलेशिया, जापान, थाईल्याण्ड, अष्ट्रीया, अमेरिका, अष्ट्रेलिया, कोरिया, इटाली, बेलायत, लाओस, जर्मनी, भारत, दुबई र लात्भिया सहभागी हुनेछन।
महोत्सवका लागि महानायक राजेश हमाल र नायिका प्रियंका कार्कीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरिएको छ। महोत्सवका समयमा रु ११ हजार रुपैया तिरेर ३० मिनेटको बेलुनमा उडान सकिने कम्पनीले जनाएको छ।
अँग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा हुन लागेको उक्त महोत्सव नेपालमा पहिलो पटक हुन लागेको हो । फेस्टिभलमा विभिन्न १७ देशका २५ हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।
साहसिक खेलका रुपमा लिइने हट एयर बेलुन महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा आयोजक र सम्बद्ध पर्यटन व्यवसायीहरूले गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।