- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।
काठमाण्डौ, ०२ असोज । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि विराटनगर किंग्सले श्रीलंकाका वर्तमान टी-२० कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ ।
विराटनगरले असलंकालाई भित्र्याएको औपचारिक घोषणा गरेको हो । २९ वर्षीय असलंकाले श्रीलंकाका लागि हालसम्म ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १४६६ रन बनाएका छन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुबास भण्डारी, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, रुपेश कुमार सिंह, नरेन साउद, दिलसाद अली र इमरान सेखलगायतका घरेलु खेलाडी रहेका छन् ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।