विश्वकपबाट बाहिरिएपछि सेनेगलका मुख्य प्रशिक्षक थियाउ बर्खास्त

२८ आषाढ़, २०८३, आइतवार
सारांश
  • सेनेगल फुटबल महासंघले टोलीको नतिजा र भविष्यको सम्भावनाको विस्तृत समीक्षा गरेपछि सेनेगाली फुटबलको हितलाई ध्यानमा राख्दै थियाउलाई पदमुक्त गरिएको जनाएको छ ।

काठमाडौँ: फिफा विश्वकपको अन्तिम ३२ चरणबाट बाहिरिएपछि सेनेगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पाप थियाउलाई बर्खास्त गरेको छ ।

 

डिसेम्बर २०२४ देखि टोलीको जिम्मेवारी सम्हाल्दै आएका थियाउको नेतृत्वमा सेनेगलले समूह चरणका पहिलो दुई खेलमा फ्रान्स र नर्वेसँग पराजय बेहोरेको थियो । त्यसपछि इराकलाई ५-० ले हराउँदै समूहका उत्कृष्ट तेस्रो स्थान प्राप्त टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुगेको थियो ।

 

अन्तिम ३२ को खेलमा सेनेगलले बेल्जियमविरुद्ध २-० को अग्रता बनाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल खायो । अतिरिक्त समयमा पेनाल्टीमार्फत अर्को गोल खाएपछि सेनेगल ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

 

विश्वकपबाट बाहिरिएपछि टोलीका मिडफिल्डर पाप गुएयेले वर्तमान प्रशिक्षक समूह कायम रहेसम्म राष्ट्रिय टोलीबाट केही समय विश्राम लिने बताएका थिए ।

 

सेनेगल फुटबल महासंघले टोलीको नतिजा र भविष्यको सम्भावनाको विस्तृत समीक्षा गरेपछि सेनेगाली फुटबलको हितलाई ध्यानमा राख्दै थियाउलाई पदमुक्त गरिएको जनाएको छ ।

 

विश्वकपअघि पनि थियाउ विवादमा तानिएका थिए । सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको फाइनलमा मोरक्कोलाई इन्जुरी समयमा पेनाल्टी दिइएपछि उनले टोलीलाई मैदानबाट बाहिर लगेका थिए । करिब १७ मिनेटपछि खेल पुनः सुरु भएको थियो । त्यसक्रममा मोरक्कोको पेनाल्टी असफल भएको र अतिरिक्त समयमा गुएयेले निर्णायक गोल गरेका थिए ।

 

तर अफ्रिकी फुटबल महासंघले पछि उक्त घटनाको समीक्षा गर्दै फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई प्रतियोगिताको विजेता घोषणा गरेको थियो । त्यसविरुद्ध सेनेगलले खेलसम्बन्धी अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा पुनरावेदन दर्ता गरेको छ र उपाधि पुनः प्राप्त गर्ने आशा राखेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार