विश्वकप फुटबलबाट बाहिरिए यी १६ देश

२०८३ असार १४ आइतवार
सारांश
  • जारी फिफा विश्वकप फुटबलको समुह चरणका खेल सकिदा ३२ देश नकआउट चरणमा पुगेका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन् ।

काठमाण्डौ, १४ अषाढ़ । जारी फिफा विश्वकप फुटबलको समुह चरणका खेल सकिदा ३२ देश नकआउट चरणमा पुगेका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन् ।

 

इरान, दक्षिण कोरिया, स्कटल्याण्ड र उरुग्वे नजिक पुगेर पनि नकआउट चरणमा छनौट हुन सकेनन् । उनीहरु आ-आफ्नो समुहमा तेस्रो भएर उत्कृष्ट आठमा पर्न नसकेपछि बाहिरिएका हुन् ।

 

त्यस्तै, पानामा, उज्बेकिस्तान, जोर्डन, इराक, साउदी अरेबिया, न्यूजील्याण्ड, ट्युनिसिया, कुराकाओ, टर्की, हैटी, कतार र चेक रिपब्लिक पनि समुह चरणबाट बाहिरिएका छन् ।

 

पहिलो पटक ४८ देशले भाग लिएको यस विश्वकपमा १६ देश बाहिरिँदा ३२ देशले नकआउट चरण खेल्ने छन् । अब राउण्ड ३२, राउण्ड १६ हुदै प्रतियोगिता फाइनलतर्फ अगाडी बढ्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार