- जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ मा चार अंकसहित दोस्रो स्थानना उक्लिएको छ । बोस्निया भने एक अंकसहित पुछारमा रहेको छ ।
काठमाण्डौ, ०५ अषाढ़ । स्विट्जरल्यान्डले बोस्निया-हर्जेगोभिनालाई ४-१ ले हराउँदै विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।
खेलको अन्तिम २० मिनेटमा स्विट्जरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको थियो । वैकल्पिक खेलाडी योहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट झाकाले एक-एक गोल थपे । ७४औँ मिनेटमा मैदान प्रवेश गरेको तीन मिनेटभित्रै मान्जाम्बीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्डले खेलमा पूर्ण नियन्त्रण जमायो । घाइते समयको पेनाल्टीमा झाकाले गोल गरे भने बोस्नियाका एर्मिन माह्मिकले एक सान्त्वना गोल फर्काए ।
जितसँगै स्विट्जरल्यान्ड समूह ‘बी’ मा चार अंकसहित दोस्रो स्थानना उक्लिएको छ । बोस्निया भने एक अंकसहित पुछारमा रहेको छ ।
अब स्विजरल्याण्डले अन्तिम खेलमा जुन २५ मा क्यानडासँग खेल्ने छ भने बोस्नियाले सोहि दिन कतारसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।