- जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
काठमाण्डौ, ०५ अषाढ़ । जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
भ्यानकुभरमा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा उनले दोस्रो गोल गर्दै क्यानडालाई ३-० को सहज अवस्थामा पुर्याए ।
खेलको ३३औँ मिनेटमा कतारका होमाम एल अमिनले व्यावसायिक फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । दोस्रो हाफमा नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि क्यानडाको अग्रता ४-० पुगेको थियो ।
तर खेलको मुख्य चर्चा इस्माइल कोनेको चोट बन्यो । कतारका आसिम ओमर मादिबोसँग बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा उनी गम्भीर रूपमा घाइते भएका थिए । लामो समय उपचारपछि उनलाई स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो । भिडियो सहायक निर्णायकको समीक्षापछि मादिबोको पहेँलो कार्डलाई रातो कार्डमा परिवर्तन गरिएको थियो । घाइते अवस्थामै कोनेले समर्थकतर्फ हात हल्लाउँदै प्रतिक्रिया जनाएका थिए । क्यानडाका प्रशिक्षक जेसी मार्स पनि भावुक बनेका थिए । त्यसपछि कतारका मोहम्मद अल मन्नाईले आत्मघाती गोल गरे भने अतिरिक्त समयमा डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
यो जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । समान अंक भए पनि गोल अन्तरमा स्विट्जरल्यान्डभन्दा तीन गोलले अगाडि रहेको क्यानडा अब नकआउट चरण नजिक पुगेको छ । यद्यपि कोनेको चोट टोलीका लागि ठूलो चिन्ताको विषय बनेको छ । त्यस्तै कतारको भने २ खेलमा केवल एक अंक रहेको छ र समुहमा पुछारमा रहेको छ । अब क्यानडाले अर्को खेल जुन २५ मा स्विजरल्याण्डसँग खेल्ने छ भने सोहि दिन कतारले बोस्नियासँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।