- ४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती समयमा निकै प्रभावशाली प्रदर्शन गरेको थियो ।
काठमाण्डौ, ०३ अषाढ़ । इर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकप खेलमै दुई गोल गरेपछि नर्वेले समूह ‘आई’ को पहिलो खेलमा इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।
यस खेलमा दुई गोल गरेसँगै हालान्डले राष्ट्रिय टोलीका लागि ५१ खेलमा ५७ गोल पूरा गरेका छन् । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि उनले उत्कृष्ट प्रदर्शन गरे । यद्यपि खेलको अन्त्यतिर उनको ह्याट्रिक गर्ने अवसर इराकका गोलरक्षक जलाल हसनले उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए । यदि उनले ह्याट्रिक पूरा गरेका भए विश्वकप इतिहासको ५५औँ ह्याट्रिक हुने थियो ।
४० वर्षपछि विश्वकपमा पुनरागमन गरेको इराकले खेलको सुरुआती समयमा निकै प्रभावशाली प्रदर्शन गरेको थियो । दुवै टोलीबीच बराबरी कायम रहँदा पहिलो हाफको हाइड्रेसन ब्रेकपछि ५८ सेकेन्डमै नर्वेले अग्रता लियो ।
डेभिड मोलर वुल्फले बायाँतर्फबाट दिएको आकर्षक तल्लो पासलाई हालान्डले पोस्ट नजिकैबाट गोलमा परिणत गरेका थिए ।
इराकले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । अमिर अल अम्मारीको क्रसमा आइमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गरेका थिए । उनै हुसेनले गत मार्चमा बोलिभियाविरुद्ध अन्तरमहादेशीय प्लेअफको फाइनलमा विजयी गोल गर्दै इराकलाई विश्वकपमा स्थान दिलाएका थिए । तर बराबरी लामो समय टिक्न सकेन । चार मिनेटपछि हालान्डले जलाल हसनको गल्तीको फाइदा उठाउँदै आफ्नो दोस्रो गोल गरे । आफ्नै छ यार्ड क्षेत्रभित्र फर्काइएको बल नियन्त्रण गर्न ढिलाइ गरेका हसनको क्लियरेन्स हालान्डमा लागेर जाली चुमेको थियो ।
यद्यपि पहिलो हाफको अन्त्यतिर इराकले फेरि दबाब बढायो । इब्राहिम बायेशको भली प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो भने अली अल-हमादीलाई क्रिस्टोफर आजेरले पेनाल्टी क्षेत्रमा रोकिदिए । अक्काम हाशिमको २० यार्ड टाढाबाट गरेको शानदार भली प्रहार पनि बारभन्दा थोरैले माथिबाट बाहिरियो ।
दोस्रो हाफमा इराकका वैकल्पिक खेलाडी जिदान इकबाल मैदान प्रवेश गरेसँगै पुरुष विश्वकप खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बने । ७६औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नरमा वैकल्पिक खेलाडी लिओ ओस्टिगार्डले हेडरमार्फत गोल गर्दै नर्वेको अग्रता थप फराकिलो बनाए । इन्जुरी समयको अन्त्यतिर हालान्डको गोलतर्फ गएको हेडरलाई आइमेन हुसेनले क्लियर गर्ने प्रयास गर्दा आफ्नै पोस्टमा गोल हुन पुग्यो र नर्वेले ४–१ को जित सुनिश्चित गर्यो ।
यो प्रतियोगितामा पाँचौँ प्रयासमा आएर एसियाली फुटबल महासंघअन्तर्गतको टोलीविरुद्ध कुनै युरोपेली राष्ट्रले जित हात पारेको पहिलो अवसर पनि हो ।
जारी विश्वकपमा अब नर्वेले अर्को खेल जुन २३ मा सेनेगलविरुद्ध खेल्ने छ भने जुन २७ मा फ्रान्सविरुद्ध खेल्ने तालिका छ । त्यस्तै इराकले जुन २३ मा फ्रान्सविरुद्ध र जुन २७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युरोपसँग सहकार्य बढाउँदै क्यानडा
-
संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव
-
जापानमा मन्त्रिपरिषद् पुनर्गठन, ताकाइचीले हटाइन १८ मध्ये १० मन्त्री
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।