- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०३ जेठ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।
कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए ।
यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए ।
यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
जारि आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
-
अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।