- नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए ।
काठमाडौँ: नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ ।
आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यो यस लिग-२ साइकलमा नेपालले पहिलो पटक अमेरिकालाई पराजित गरेको हो । यो जितपछि नेपालको २६ खेलमा २० अंक भएको छ । त्यस्तै अमेरिकाको २६ खेलमा ३६ अंक रहेको छ ।
अब सिरिजको अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।