- एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।
काठमाण्डौ, ०२ जेठ । एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।
गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एस्टन भिल्लाको जितमा ओली वाटकिन्सले २ गोल गरे भने मोर्गन रोजर्स र जोन म्याकगिनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल भिर्गिल भान डाइकले गरेका थिए ।
यो जितपछि एस्टन भिल्ल्लाको ३७ खेलमा ६२ अंक भएको छ र लिगमा चौठोस्थान्मा रहेको छ । त्यस्तै लिभरपुलको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।