- सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।
काठमाण्डौ, ०१ जेठ । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली घोषणा गरेका हुन् । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।
फ्रान्सेली टोलीबाट मिडफिल्डर एडुआर्डो कामाभिङ्गा बाहिरिनु सबैभन्दा ठूलो आश्चर्यका रूपमा हेरिएको छ । प्रशिक्षक डेसचाम्पले कामाभिङ्गाले कठिन सिजन बिताएको र चोटका कारण कम खेल खेलेको बताएका छन् । उनले कामाभिङ्गा अझै युवा रहेको भन्दै भविष्यमा अवसर रहने संकेत पनि गरे ।
फ्रान्सेली टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । टोलीमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, ओरेलियन चुआमेनी, विलियम सालिबा, माइकल ओलिसे र देजिरे दोउएजस्ता चर्चित तथा युवा खेलाडी समावेश छन् ।
फ्रान्सको विश्वकप टोलीमा गोलरक्षकतर्फ माइक मेगनान, रोबिन रिसेर र ब्रिस साम्बा रहेका छन् । रक्षापंक्तिमा मालो गुस्टो, माक्साँस लाक्रोआ, जुल्स कुन्डे, लुकास डिन्ये, इब्राहिमा कोनाते, विलियम सालिबा, दायो उपामेकानो, लुकास हर्नान्डेज र थेओ हर्नान्डेज समावेश छन् । मिडफिल्डमा ओरेलियन चुआमेनी, आद्रियन राबियो, एनगोलो कान्टे, मानु कोने र वारेन जाइरे एमरी रहेका छन् ।
आक्रमण पंक्तिमा उस्मान डेम्बेले, ब्राड्ली बारकोला, जाँ फिलिप माटेटा, रायान शेर्की, मार्कस थुराम, माग्नेस आक्लिउस, देजिरे दोउए, किलियन एम्बाप्पे र माइकल ओलिसे रहेका छन् ।
फ्रान्स विश्वकपमा समुह आइमा रहेको छ । फ्रान्सले समुह चरणमा जुन १६ मा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्ने छ । त्यस्तै जुन २२ मा इराकसँग जुन २६ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।