- प्रशिक्षक लुइस एनरिकेको टोलीले दोस्रो स्थानमा रहेको लेन्सलाई २–० ले हराउँदै लगातार पाँचौँ पटक लिग उपाधि कब्जा गरेको हो ।
काठमाण्डौ, ३१ वैशाख । पिएसजीले सन् २०२५–२६ सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको छ । प्रशिक्षक लुइस एनरिकेको टोलीले दोस्रो स्थानमा रहेको लेन्सलाई २–० ले हराउँदै लगातार पाँचौँ पटक लिग उपाधि कब्जा गरेको हो ।
स्टेड बोलार्ट डेलिलिसमा भएको खेलमा पिएसजीलाई जित दिलाउन ख्भिचा क्वारात्स्खेलियाले पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा इब्राहिम म्बायेले अर्को गोल थप्दै टोलीको जित पक्का गरेका थिए । गोलरक्षक मात्भेई साफोनोभले चार महत्वपूर्ण बचाउ गर्दै टोलीलाई क्लिन सिट दिलाएका थिए ।
योसँगै पिएसजीले लगातार पाँच पटक लिग उपाधि जित्ने नयाँ क्लब कीर्तिमान बनाएको छ । यसअघि क्लबले सन् २०१२ देखि २०१६ सम्म लगातार चार पटक उपाधि जितेको थियो । कतारी लगानी समूहले क्लब सम्हालेपछि पिएसजीले १५ सिजनमा १२ पटक लिग जितिसकेको छ ।
पिएसजीको यो समग्र १४औँ फ्रान्सेली शीर्ष डिभिजन उपाधि हो । यससँगै उसले सेन्ट एटिनभन्दा चार उपाधिको अग्रता बनाएको छ । कतारी स्वामित्वपछि मोन्टपेलियर, मोनाको र लिलिले मात्रै पिएसजीको वर्चस्व तोडेका छन् ।
अब पिएसजीले मे ३० मा हुने च्याम्पियन्स लिग फाइनलमा आर्सनलसँग खेल्नेछ । यता लेन्सले मे २२ मा फ्रेन्च कप फाइनलमा निससँग प्रतिस्पर्धा गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।