- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ३१ वैशाख । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १९३ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।बैंगलुरुको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६० बल खेल्दै अविजित १०५ रन बनाएका थिए । यो खेल खेलेपछि उनी सबैभन्दा बढी २७९ आइपिएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै बैंगलुरुका लागि देवदत्त पाडिकलले ३९ रन बनाएका थिए ।
त्यसैगरी, कोलकोताका बलर कार्तिक त्यागिले ३ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । कोलकोताका लागि अंगकृश रघुबंशीले सर्बाधिक ७१ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३२, कप्तान आजिख्य रहानेले १९ र फिन एलेनले १८ रन बनाएका थिए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु १२ खेलमा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने ११ खेलमा ९ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । यो हारले कोलकोताको प्लेअफको सम्भावना कठिन भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।