आइपिएलमा आज दिल्ली र गुजरात भिड्दै

२०८२ चैत्र २५ बुधवार
सारांश
  • आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरुहुँदैछ ।

काठमाण्डौ, २५ चैत्र । जारी आइपिएल अन्तर्गत आज एक खेल हुँदैछ ।  आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ । दिल्लीमा हुने यो खेल नेपाली अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ ।

 

जारी आइपिएलमा दिल्ली क्यापिटल्सले आफ्ना शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । दिल्लीले मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको थियो ।

 

त्यसैगरी गुजरात टाइटन्सले भने आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ । गुजरातले पहिलो खेलमा राजस्थान रोयल्स र दोस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।

 

सम्भावित प्लेइङ ११

 

दिल्ली क्यापिटल्स: अक्षर पटेल (कप्तान), केएल राहुल (विकेटकिपर), पथुम निसान्का, नितिश राणा, समीर रिजवी, डेभिड मिलर, ट्रिस्टान स्टब्स, विप्रज निगम, कुलदीप यादव, लुंगी एनगिडी, टी नटराजन र मुकेश कुमार ।

 

गुजरात टाइटन्स: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वाशिंगटन सुन्दर, ग्लेन फिलिप्स, राहुल तेवातिया, रशिद खान, कागिसो रबाडा/जेसन होल्डर, प्रसिद्ध कृष्ण. मोहम्मद सिराज, अशोक शर्मा ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार