पञ्जाब किङ्सका कप्तान अय्यरसहित पुरै टिमलाई जरिवाना

२०८२ चैत्र २१ शनिवार
सारांश
  • इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सातौँ खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सातौँ खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । जित हासिल गरे पनि पञ्जाबका कप्तान श्रेयस अय्यर भने स्लो ओभर रेटका कारण जरिवानामा परेका छन् ।

 

प्रतियोगिताको नियम उल्लङ्घन गरेपछि अय्यरलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । यो सिजनमा पञ्जाब किङ्सको दोस्रो पटकको ओभर रेट सम्बन्धी गल्ती भएकाले कप्तान मात्र होइन, टोलीका अन्य खेलाडी पनि कारबाहीमा परेका छन् । प्लेइङ- ११ र इम्प्याक्ट खेलाडीलाई ६ लाख भारु वा उनीहरूको खेल शुल्कको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, त्यति रकम जरिवाना तोकिएको छ ।

 

प्रतियोगिता नियमअनुसार अब फेरि यस्तै गल्ती दोहोरिएमा अय्यरलाई ३० लाख भारु  जरिवानासँगै एक खेल प्रतिबन्धसमेत लाग्नेछ । लिग चरणमा अझै धेरै खेल बाँकी रहेकाले पञ्जाबका लागि अब थप गल्तीको ठाउ साघुरिएको छ ।

 

खेलमा अय्यरले ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २९ बलमा ५० रन बनाउदै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । नेहल वाधेरासँग मिलेर उनले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए, जसले खेलको दिशा नै बदल्यो । पञ्जाबले २०९ रनको लक्ष्य ५ विकेट गुमाउँदै सहज रूपमा पूरा गरेको थियो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किङ्सले ५ विकेट गुमाएर २०९ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान आयुष म्हात्रेले ४३ बलमा ७३ रनको आकर्षक इनिङ्स खेलेका थिए। उनले कप्तान ऋतुराज गायकवाडसँग ९६ रनको साझेदारी गरेका थिए ।

 

आफ्नो सक्रियतालाई थप गति दिँदै शुक्रबार अर्थमन्त्री वाग्ले देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज पुगेका थिए । आन्तरिक राजस्व कार्यालय र वीरगन्ज भन्सारको निरीक्षण गर्दै उनले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन र लाइनमा नराख्न निर्देशन दिएका थिए । लक्ष्यभन्दा बढी राजस्व संकलन गर्नुपर्ने दबाबमा रहेका कर्मचारीहरूलाई उहाँले व्यावसायिक र पारदर्शी ढंगले काम गर्न सचेत गराए ।

 

अर्थमन्त्रीका रूपमा डा. वाग्लेको पहिलो साताले राज्य संयन्त्रमा नयाँ उत्साह र निजी क्षेत्रमा सकारात्मक आशा जगाएको छ । नीतिगत गाँठो फुकाउने, कर्मचारीलाई जबाफदेही बनाउने र ठुला व्यवसायीदेखि साना उद्यमीसम्मलाई ‘गरिखाने’ वातावरण बनाउने उनको सुरुआती कदमले आगामी बजेट र आर्थिक सुधारको दिशा कस्तो हुनेछ भन्ने स्पष्ट संकेत गरेको छ ।

 

यद्यपी, पश्चिम एशियामा जारी इरान र इजरायल बिचको द्वन्द्व कारण देशभित्र बढ्दै गएको महंगी र मूल्यवृद्धिका बारेमा भने अर्थमन्त्री वाग्लेले हालसम्म कुनै चासो देखाएको देखिदैन् । खाना पकाउने एलपी ग्यासको अभाव, पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि कारण आम उपभोक्ताको ढाड सेकीरहेको अवस्थामा उपभोक्तालाई कसरी राहत दिने भन्ने बारेमा भने अर्थमन्त्रीको ध्यान खिच्न सकेको छैन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार