- एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
काठमाडौँ । एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १०८ रनको लक्ष्य पछाएको एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । एपीएफको जितमा आसिफ सेखले अविजित ६५ र दिपक बोहराले अविजित ४२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ३६ ओभरमा अल आउट हुदै १०७ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तिले ३८, दिपेन्द्र रावतले २५ र रविन्द्र शाहीले १८ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अभिषेक गौतमले ४-४ विकेट लिएका थिए ।
यो जितपछि एपीएफको ६ खेलमा ५ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै कर्णालीको भने ६ खेलमा ३ अंक मात्र रहेको छ र हाल आठौं स्थानमा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।