आइपिएल खेल्न नपाएपछि अदालत गए खेलाडी !

२० चैत्र, २०८२, शुक्रवार
सारांश
  • तुषाराले श्रीलंकाको जिल्ला अदालतमा निवेदन दायर गर्दै आईपीएल २०२६ मा खेल्नका लागि आवश्यक अनुमति पत्र दिन श्रीलंका क्रिकेट बोर्डलाई आदेश दिन माग गरेका हुन् । मुद्दाको प्रारम्भिक सुनुवाइ भइसकेको छ भने अर्को पेशी अप्रिल ९ का लागि तोकिएको छ ।

काठमाडौँ: आइपिएल टिम रोयल च्यालेन्जर्स बेङ्गलुरुका तीव्र गतिका बलर नुवान तुषाराले खेल्न अनुमति नदिएको भन्दै अदालत पुगेका छन् ।

 

तुषाराले श्रीलंकाको जिल्ला अदालतमा निवेदन दायर गर्दै आईपीएल २०२६ मा खेल्नका लागि आवश्यक अनुमति पत्र दिन श्रीलंका क्रिकेट बोर्डलाई आदेश दिन माग गरेका हुन् । मुद्दाको प्रारम्भिक सुनुवाइ भइसकेको छ भने अर्को पेशी अप्रिल ९ का लागि तोकिएको छ ।

 

बोर्डले तुषारा आवश्यक शारीरिक मापदण्ड पूरा गर्न नसकेको भन्दै अनुमति दिन अस्वीकार गरेको थियो । तर तुषाराले आफू यही अवस्थामै अघिल्ला सिजनहरूमा खेलेको र त्यसबेला अनुमति पाएको दाबी गरेका छन् ।

 

उनका अनुसार बोर्डसँगको सम्झौता ३१ मार्च २०२६ मा समाप्त भइसकेको छ र त्यसलाई नवीकरण नगर्ने तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने जानकारी पहिल्यै गराइसकेको बताएका छन् ।

 

तुषाराले राष्ट्रिय टोलीमा नछानिने अवस्था हुँदा पनि शारीरिक अवस्थाकै आधारमा रोक लगाउनु अन्यायपूर्ण भएको जिकिर गरेका छन् । उनले अनुमति नपाए आईपीएल टोलीले आफूलाई प्रतिस्थापन गर्न सक्ने र त्यसले करियर तथा आम्दानीमा असर पर्ने बताएका छन् । तुषाराले अदालतसँग अन्तरिम र स्थायी आदेश माग गर्दै विदेशी लिगमा खेल्न पाउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार