- आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
काठमाण्डौ, १५ चैत्र । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
मुम्बई इण्डियन्सको कप्तानी हार्दिक पाण्डेयले गर्दैछन् भने सूर्यकुमार यादव, तिलक बर्मा र रोहित शर्मा जस्ता प्रमुख खेलाडी रहेका छन् । त्यस्तै कोलकोताको कप्तानी आजिख्य रहानेले गर्दैछन् भने रिंकु सिंह उपकप्तान रहेका छन् । त्यस्तै कोलकोतामा वरुण चक्रवर्ती, सुनिल नारन, रमणदिप सिंह जस्ता प्रमुख खेलाडी रहेका छन् ।
आइपिएलको इतिहासमा अहिलेसम्म मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा गरि ५ पटक आइपिएलको उपाधि जितेको छ भने कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’