कुशल मल्लको आक्रामक ब्याटिंगमा आर्मी विजयी

१५ चैत्र, २०८२, आइतवार
सारांश
  • बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको आर्मीले कुशल मल्लको शानदार ९० रन, तृत राज दासको ५४ रन र नरेन साउदको २६ रनको योगदानले २७.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण यो खेल २८-२८ ओभर खेलाइएको थियो ।

काठमाडौं: जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

 

बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको आर्मीले कुशल मल्लको शानदार ९० रन, तृत राज दासको ५४ रन र नरेन साउदको २६ रनको योगदानले २७.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण यो खेल २८-२८ ओभर खेलाइएको थियो ।

 

यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

 

जारी पीएम कपमा अपराजित रहेको आर्मीको यो जितपछि ४ खेलमा ७ अंक भएको छ भने बागमतीको यो चार खेलमा तेस्रो हार हो ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार