मेसीले पुरा गरे आफ्नो क्यारियरको ९०० गोल

५ चैत्र, २०८२, बिहिवार
सारांश
  • उनको करियरको आधार बार्सिलोनामा बनेको थियो, जहाँ उनले ७७८ खेलमा ६७२ गोल गरे । त्यसपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि १९६ खेलमा ११५ गोल गरेका छन् । यस्तै पिएसजीमा ३२ र इन्टर मियामीमा अहिलेसम्म ८१ गोल गरेका छन् ।

काठमाडौँ । अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले आफ्नो क्यारियरको ९०० गोल पूरा गर्दै नयाँ कीर्तिमान बनाएका छन् । विहिबार बिहान इन्टर मियामीका लागि नाश भिलेविरुद्ध मेसीले गरेको गोलसँगै उनले आफ्नो क्यारियरको ९०० गोल पुरा गरेका हुन् ।

 

दुई दशकभन्दा लामो यात्रामा उनले ११४२ खेलमा ९०० गोल गरेका छन् । प्रति खेल झण्डै ०.७९ गोलको औसत राख्दै उनले फुटबल इतिहासमा आफूलाई सर्वकालीन महान खेलाडीमध्ये एकका रूपमा स्थापित गरेका छन् ।

 

उनको करियरको आधार बार्सिलोनामा बनेको थियो, जहाँ उनले ७७८ खेलमा ६७२ गोल गरे । त्यसपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि १९६ खेलमा ११५ गोल गरेका छन् । यस्तै पिएसजीमा ३२ र इन्टर मियामीमा अहिलेसम्म ८१ गोल गरेका छन् ।

 

मेसीको गोल गर्ने शैलीमा उनको देब्रे खुट्टाको भूमिका सबैभन्दा ठूलो रहेको छ । उनले कुल ७५६ गोल देब्रे खुट्टाबाट गरेका छन् भने दाहिने खुट्टाबाट ११० र हेडरबाट ३० गोल गरेका छन् । त्यस्तै उनले ११२ पेनाल्टी र ७० फ्रिकिकमार्फत गोल गरेका छन् । विशेषगरी सन् २०१० पछि उनी फ्रिकिकका उत्कृष्ट खेलाडीका रूपमा स्थापित भएका छन् । ठूला खेलमा निर्णायक प्रदर्शन गर्नु उनको अर्को विशेषता हो । उनले नकआउट चरणमा १७५ गोल गरेका छन्, जसमा ३५ गोल फाइनल खेलमा आएका छन् । च्याम्पियन्स लिगमा मात्रै उनले १२९ गोल गरेका छन् ।

 

उनका सफलतामा सहकर्मीहरूको पनि ठूलो भूमिका रहेको छ । लुइस स्वरेजले सबैभन्दा धेरै ४७ असिस्ट दिएका छन् । प्रशिक्षक पेप गुवार्डिओलाको प्रशिक्षणमा उनले आफ्नो उत्कृष्ट लय समातेका थिए, जहाँ उनले २११ गोल गरेका थिए । ३८ वर्षको उमेरमा पनि मेसीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । ९०० गोलको उपलब्धि अन्त्य होइन, बरु उनको ऐतिहासिक यात्राको अर्को महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ ।

 

मेसीको क्यारियरमा ठुला प्रतिद्वन्दी मानिएका क्रिस्टियानो रोनाल्डोले भने १३०९ खेल खेल्दै ९६५ गोल गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार