- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ ।
काठमाण्डौ, ०१ चैत्र । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एल्चेमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा एन्टोनियो रुडीगेर, फेडेरिको भलभर्डे, डीन हुजीसेन र अर्दा गुलेरले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एक गोल रियल म्याड्रिडका म्यान्युएल एंगलले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६७ अंक रहेको छ ।
त्यसैगरी एल्चेको भने २८ खेलमा २६ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’