- एटलेटिको म्याड्रिड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ ।
काठमाण्डौ, २० फाल्गुण । एटलेटिको म्याड्रिड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनासँग ३-० गोल अन्तरले पराजित भए पनि एट्लेटिको म्याड्रिड समग्र नतिजामा ४-३ को अग्रता जोगाउँदै फाइनलमा पुगेको हो । यस खेलमा बार्सिलोनाका लागि मार्क बेर्नालले दुई गोल गरे भने राफिन्हाले एक गोल गरेका थिए ।
यस अघि पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि ४-० को जित निकालेको थियो । एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा डेल रेक फाइनलमा पुगेको छ ।
अब एट्लेटिकोले उपाधिका लागि रियल सोसियडाड र एथलेटिक बिल्बाओबीचको विजेतासँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’