- गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।
काठमाण्डौ, १४ फाल्गुण । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने सबै टिमको टुंगो लागेको छ ।
गएराती सम्पन्न प्लेअफका खेलपछि यस सिजनको च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने १६ क्लबको टुंगो लागेको हो ।
जस अन्तर्गत रियल म्याड्रिडले बेनिफिकालाई समग्रमा ३-१ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ भए गालाटासारेले युभेन्टसलाई समग्रमा ७-५ गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा पुगेको छ ।
त्यसैगरी पिएसजीले मोनाकोलाई समग्रमा ५-४ गोल अन्तरले पराजित गरेको छ भने एटलान्टाले डोर्टमण्डलाई समग्रमा ४-३ गोल अन्तरले पराजित गरेर राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसरी च्याम्पियन्स लिगको राउण्ड १६ मा पुग्ने क्लबहरुमा रियल म्याड्रिड, पीएसजी, एटलान्टा, गालाटासारे, एटलेटिको म्याड्रिड, न्यूक्यासल युनाईटेड, बोडो, बायर लिभरकुसन, बार्सिलोना, चेल्सी, लिभरपुल, टोटनह्याम, स्पोर्टिंग सिपी, म्यानचेस्टर सिटी,आर्सनल र बायर्न म्युनिख रका छन् ।
अब राउण्ड १६ को ड्र शुक्रवार हुनेछ । त्यस्तै राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’