- जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि शानदार जित हात पारेको छ ।
काठमाण्डौ, १२ फाल्गुण । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि शानदार जित हात पारेको छ । गएराती सम्पन्न खेलमा शिमरन हेटमायरको विस्फोटक ब्याटिङ र गुडाकेश मोतीको अगुवाइमा बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा जिम्बाब्वे १७.४ ओभरमै १४७ रनमा अलआउट भयो । टी-२० अन्तर्राष्ट्रियमा रन अन्तरका हिसाबले यो वेस्टइन्डिजको दोस्रो ठूलो जित हो । यसअघि सन् २०२४ मा उसले युगान्डालाई १३४ रनले हराएको थियो ।
यो जितसँगै समूह १ को अंक तालिकामा ठूलो परिवर्तन आएको छ । वेस्टइन्डिज +५.३५० नेट रनरेटसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा दक्षिण अफ्रिका (+३.८००) छ भने भारत –३.८०० नेट रनरेटसहित तेस्रो स्थानमा झरेको छ । समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने छन् ।
२५५ रनको कठिन लक्ष्य पछ्याएको जिम्बाब्वेको सुरुआतदेखि नै दबाबमा देखियो । बायाँहाते स्पिनर गुडाकेश मोतीले २८ रन खर्चेर चार विकेट लिँदै करियरकै उत्कृष्ट प्रदर्शन गरे । अकील हुसैनले २८ रनमा तीन विकेट लिए भने मैथ्यु फोर्डले २७ रन खर्चेर दुई विकेट हात पारे । जिम्बाब्वेका लागि ब्राड इभान्सले २१ बलमा पाँच छक्का र दुई चौकासहित ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । डियोन मायर्स (२८) र कप्तान सिकन्दर रजा (२७) बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। चार जना खेलाडी शून्यमै आउट भए ।
टस जितेर पहिले बलिङ रोजेको जिम्बाब्वेको निर्णय वेस्ट इण्डिजका ब्याटरले गलत सावित गरिदिए । शिमरन हेटमायरले ३४ बलमा सात छक्का र सात चौकासहित ८५ रनको शानदार इनिङ खेलेका थिए । उनले रोवम्यान पोवेल (५९) सँग तेस्रो विकेटका लागि ५२ बलमा १२२ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
शेर्फेन रदरफोर्डले १३ बलमा अविजित ३१ रन थपे। ब्रेन्डन किङ (९) छिट्टै आउट भए पनि त्यसपछि वेस्ट इण्डिजले आक्रामक शैली कायम राख्यो । टोलीले प्रतियोगिताको इतिहासमै दोस्रो ठूलो स्कोर खडा गर्दै जिम्बाब्वेमाथि एकपक्षीय जित दर्ता गरेको थियो । जिम्बाब्वेका रिचर्ड नगारवा र ब्लेसिङ मुजरबानीले दुई-दुई विकेट लिए पनि अन्य बलर महँगा सावित भए । कप्तान सिकन्दर रजाले तीन ओभरमा ५२ रन खर्चिए । वेस्ट इण्डिजको यो प्रभावशाली जितले सुपर आठको प्रतिस्पर्धा अझ रोचक बनेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।