टी-२० विश्वकप: नेपाल र स्कटल्याण्ड आमने सामने

२०८२ फाल्गुण ०५ मङ्गलवार
सारांश
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ ।

काठमाण्डौ, ०५ फाल्गुण । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदै छ ।

समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका आफ्ना तिनै खेल हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । त्यस्तै स्कटल्याण्डले पनि आफ्ना तीन मध्ये एक जित र २ हार बेहोर्दै सुपर आठको दौडबाट बाहिरिएको छ ।

 

प्रतियोगिताबाट बाहिरिएका दुवै देशका लागि यो खेलको नतिजाले कुनै असर गर्ने छैन । तर नेपालले २०१४ को विश्वकपमा दुई खेल जिते यता विश्वकपमा कुनै खेल नजितेको हुनाले यो खेल जितेर सुखद अन्त्य गर्न भने चाहान्छ ।

 

नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।

 

नेपालको सम्भावित प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्ल ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार