नामिबियामाथि अमेरिका ३१ रनले विजयी

३ फाल्गुन, २०८२, आइतवार
सारांश
  • अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

काठमाडौँ: अमेरिकाले जारी टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको हो । 

 

अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

 

यो जितपछि अमेरिकाको समुह ए मा ४ खेलमा ४ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब अमेरिका सुपर आठमा छनौट हुन भारत र पाकिस्तान मध्ये एक टिम आफ्ना बाँकी दुवै खेलमा पराजित हुनुपर्ने छ । त्यस्तै नामिबियाले भने आफ्ना तीन खेलमा लगातार हार बेहोरेको छ । अमेरिकाले समुह चरणका सबै खेल खेलेको छ भने नामिबियाले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार