पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

३ फाल्गुन, २०८२, आइतवार
सारांश
  • यस खेलमा खेलको परम्परा विपरित भारत र पाकिस्तानका कप्तानले हात नमिलाएर टस गरेका थिए ।

काठमाडौँ: आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

यस खेलमा खेलको परम्परा विपरित भारत र पाकिस्तानका कप्तानले हात नमिलाएर टस गरेका थिए । 

 

समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रनरेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

 

विश्वकप शुरु हुदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।

 

भारत र पाकिस्तान टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिले पटक १६ पटक आमने सामने भएका छन् । जसमा भारतले १३ पटक जित हासिल गरेको छ भने पाकिस्तानले ३ पटक जितेको छ ।

 

त्यस्तै दुवै देश टी-२० विश्वकपमा अहिलेसम्म ८ पटक खेलेका छन् जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तान एक पटक विजयी भएको छ । पाकिस्तानले एक मात्र खेल २०२१ को विश्वकपको समुह चरणमा जितेको थियो ।

 

भारतको टिम: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती ।

 

पाकिस्तानको टिम: साइम अयूब, साहिबजादा फरहान (विकेट), सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शाडाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार